चितवन । गैर आवासीय नेपाली संघ, (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को महासचिवमा माडीका बुद्धिसागर सुवेदीको उम्मेदवारीकाे घोषणा गर्नुभएको छ ।
परिषद्को आसन्न निर्वाचनमा २०२३-२०२५ कार्यकालको महासचिव पदका लागि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका निवर्तमान अध्यक्ष समेत रहनुएका माडी-५, ब्रह्मपुरीका सामाजिक अगुवा सुवेदीले उमेदवारी दिने घोषणा गर्नुभएको हो ।
विद्यार्थी जीवनदेखि नै सामाजिक कार्यमा अग्रसर सुवेदी अमेरिका पुगेपछि पनि एनआरएनए अभियानमा लागेर आफ्नो ब्यावसायसँगै सक्रिय रुपमा सामाजिक सेवा गर्दै आउनु भएकाे छ ।
गैरआवासीय नेपालीहरुको विश्वव्यापी संस्था एन.आर.एन.मा अमेरिकास्थित विस्कन्सन राज्य च्याप्टरको संस्थापक अध्यक्ष हुँदै सहभागी हुनुभएका सुवेदी यसअघि एन.आर.एन.ए. एन.सि.सि. अमेरिकाको अध्यक्ष रहनुभएको थियो ।
उहाँले माडीको शैक्षिक, खेलकूद र सामाजिक क्षेत्रमा योगदान गर्नुका साथै माडीमा अयोध्या धाम निर्माणमा अग्रसर श्रीराम संस्थासंग समेत आवद्धता राख्नुभएको छ ।