मन्दिर उद्घाटन र मुर्तीको प्राणप्रतिष्ठामा निमन्त्रणा बोकी माडीबाट एक समूह भारत वनारसमा

181
SwadeshPost

चितवन । माडी १, बरुवामा निर्माण भएको कलात्मक राधाकृष्ण मन्दिर उद्घाटन र मुर्तीको प्राणप्रतिष्ठा कार्यक्रममा आतिथ्यताको निमन्त्रणाका लागि मन्दिर व्यवस्थापनका अगुवाहरु भारत वनारस पुगेका छन् ।

माडीका नगर उपप्रमुख खेमप्रसाद महतोसहित मन्दिरका प्रमुख अभियन्ता छबिलाल भट्टराई, रेवेश्वर शिव मन्दिरका अध्यक्ष पण्डित रामजी सापकोटा, सामाजिक अगुवा नारायण दवाडी लगायतको टोली वनारस पुगेको हो ।

नवनिर्मित सो मन्दिरमा आउँदो भदौ २० गते श्रीकृष्ण जन्माष्टमी पर्वको अवसर पारी राधाकृष्णको मुर्ती प्राणप्रतिष्ठा गर्नेगरी टोलीले वनारसबाटै राधाकृष्णको मुर्ती ल्याउने टोली सदस्य पण्डित सापकोटाले जनाउनुभयो । त्यसैगरी कार्यक्रममा अन्तर्राष्ट्रिय वल्र्ड हिन्दु फेडरेशनका अध्यक्ष एवं भारतीय राजनितिज्ञ अजय सिंहलाई निमन्त्रणा गरेको उहाँले बताउनुभयो ।

— — —
#स्वदेश न्युज डेस्क
२०८० भदाै ०६ गते बुधबार बिहान ०७:४४ मा अध्यावधिक

SwadeshPost