‘निकुञ्ज ऐन शंसोधन गर्न काँग्रेसले पहल गर्ने’ : काँग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले

342
SwadeshPost

चितवन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख मीन विश्वकर्माले निकुञ्ज ऐन शंसोधन गर्न काँग्रेसले आवश्यक पहल गर्ने बताउनुभएको छ ।

नेपाली काँग्रेस माडी नगर समितिको बुधबार सम्पन्न प्रथम नगर सम्मेलनमा प्रमुख अतिथिका रुपमा बोल्दै पूर्वमन्त्री समेत रहनुभएका विश्वकर्माले माडीको विकासमा निकुञ्ज ऐन बाधक बनिरहेको देखिएकाले शंसोधन आवश्यक रहेको बताउनुभएको हो । काँग्रेस माडीले जनतासंग जोडिएर थप सक्रियतापूर्वक काम गर्नुपर्नेमा उहाँको जोड थियो ।

काँग्रेसमा माडी नगर सभापति कोमलनाथ भुसालको अध्यक्षतामा सम्पन्न प्रथम नगर सम्मेलनमा जिल्ला सभापति राजेश्वर खनाल र निवर्तमान जिल्ला सभापनि जित नारायण श्रेष्ठको विशिष्ट आतिथ्य रहेको थियो ।

कार्यक्रममा नगर सचिव लोकनाथ लामिछानेले आर्थिक प्रतिवेदन र नगर सभापनि भुसालले भावी कार्ययोजना सहित प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा काँग्रेस माडीका क्रियाशील र समर्थक सदस्य एवं शुभेच्छुक संस्थाहरुको सहभागिता रहेको थियो ।

— — —
#स्वदेश न्युज डेस्क
२०८० भदाै ०६ गते बुधबार साँझ ०७:०४ मा अध्यावधिक

SwadeshPost