हाम्रो चित्रवन साकोसले माडी सेवाकेन्द्रका शेयर सदस्यहरुलाई सहकारी शिक्षा तालिम प्रदान

182
SwadeshPost

चितवन । हाम्रो चित्रवन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले माडी सेवाकेन्द्रका शेयर सदस्यहरुलाई सहकारी शिक्षा तालिम प्रदान गरेको छ ।

सहकारीमा आवद्ध शेयर सदस्यहरुलाई सहकारीकाे पृष्ठभूमि, सहकारी र समुदायबिचकाे अन्तरसम्बन्ध, शेयर सदस्यहरूले नियमित बचतसंगै कर्जा सुविधा लिएपछि ध्यान दिनुपर्ने कुराहरू र वासलातकाे अवस्थालाई मजवुद बनाउन शेयर सदस्यहरूले खेल्ने भुमिकाकाे विषयमा जानकारी प्रदान गरिएकाे सहकारीका माडी सेवाकेन्द्र प्रमुख प्रेम प्रसाद पाैडेलले जनाउनुभयाे ।

हाम्रो चित्रवन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उमाकान्त पाैडेल (उमेश) र व्यवस्थापक दुर्गा प्रसाद गाैतमले कार्यक्रमकाे सहजिकरण गर्नुभएकाे हाे ।

बसन्तपुर सेवाकेन्द्रकाे सभाहलमा सम्पन्न सदस्य सहकारी शिक्षा कार्यक्रममा माडी सेवाकेन्द्रका संयाेजक देवराज बराल, आमन्त्रित सदस्य डिल्लिराम चाैधरी, सदस्यद्वय टंकप्रसाद पाैडेल, शान्ता चाैधरी, कर्मचारीहरू सम्झना दराइ, प्रेम प्रसाद पाैडेल, सपना भट्टराई लगायत शेयर सदस्यहरूकाे सहभागीता रहेकाे थियाे ।

SwadeshPost