माडीकै प्रमुख धार्मिक क्षेत्र एवं पर्यटकीय गन्तव्यस्थल अयोध्याधाममा गणेशको मुर्ती स्थापित

222
SwadeshPost

चितवन । माडीकै प्रमुख धार्मिक क्षेत्र एवं पर्यटकीय गन्तव्यस्थलका रुपमा परिचित अयोध्याधाममा गणेशको मुर्ती स्थापना भएको छ ।

माडी नगरपालिका-८, शिवद्वार, चितवन निवासी होमस्टे व्यवसायी गीता मगरको व्यक्तिगत लगानीमा अयोध्याधाममा गणेश मुर्ती प्रतिस्थापन भएको हो । मुर्तीलाई माडीका नगरप्रमुख ताराकुमारी काजी महतोले अनावरण गर्नुभएको हो ।

हरेक शुभकार्यको सुरुवातमा गणेश भगवानको पुजा गर्ने चलन रहेकाले अयोध्याधाममा आउने श्रद्धालु भक्तजनहरुका लागि मन्दिरको प्रवेश बिन्दुमा सो मुर्ती स्थापना गरेको प्रतिस्थापनकर्ता मगरले बताउनुभयो ।

यसैबिच, भगवान श्रीरामको जन्मस्थलका रुपमा सो (प्रस्तावित) अयोध्याधाम देशैभर चर्चित रहेपनि आवश्यक भौतिक संरचनाहरु निर्माण नहुँदा सो स्थलमा आउने भक्तजनहरु निराश हुनेगरेका छन् । अयोध्याधामको डिपिआर निर्माण गरी राममन्दिर लगायतका भौतिक संरचनाहरु निर्माणमा सरकारको ध्यान पुग्न सकेको छैन ।

SwadeshPost