माडीको कल्याणपुर सामुदायिक वनक्षेत्रमा मृत अवस्थामा बयस्क भाले चितुवा भेटियो

297
SwadeshPost
चितवन । माडी-६, लक्ष्मीनिवास क्षेत्रको सामुदायिक वनमा मृत अवस्थामा एक बयस्क भाले चितुवा भेटिएको छ ।
कल्याणपुर मध्यवर्ती सामुदायिक वनको सीमाबाट करीब १५०० मिटर भित्र अन्दाजी ८-१० बर्षको भाले चितुवा मृत भेटिएको हो । गाईबस्तुका लागि घाँस काट्न सामुदायिक वनमा पुगेका स्थानीयले मृत चितुवा भेटेसंगै सामुदायिक वन र मध्यवर्ती उपभोक्ता समितिलाई खबर गरेका थिए ।
चितुवाको शरीरभरी घाउचोट लागेको देखिएकाले दुई भाले चितुवा जुध्दा घाइते भई (प्राकृतिक कारणबाटै) सो चितुवाको मृत्यु भएको अनुमान गरिएको रेवा मध्यवर्ती उपभोक्ता समितिका कार्यालय सचिव सुर्यकान्त खनालले जनाउनुभयो । मृत चितुवाको शवको मुचुल्का उठाई निकुञ्ज कार्यालय कसरा पठाइएको उहाँले बताउनुभयो ।
SwadeshPost