मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

देश-प्रदेश खबर पोष्ट

आ.व. २०७९/८० मा चितवनको ईच्छाकामना गाउँपालिका र ५ वटै नगरपालिकाहरुमा १ करोड रुपैंया बढीको बेरुजु

  • A
  • A+
  • A++

३० जेष्ठ, माडी चितवन । आर्थिक बर्ष २०७९/८० मा चितवनस्थित ईच्छाकामना गाउँपालिका सहित पाँचवटै नगरपालिकाहरुमा एक करोड रुपैंया बढीको बेरुजु देखिएको छ ।

विज्ञापन १

महालेखापरीक्षकको कार्यालयले जारी गरेको अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार गत आ.व.मा ईच्छाकामना गाउँपालिकामा रु. १ करोड ११ लाख ८८ हजार ४ सय ४४ बेरुजु रहेको छ । अघिल्ला बर्षका सहित सो गाउँपालिकामा रु. १० करोड ८० लाख ६४ हजार ४ सय ४४ बेरुजु अद्यावधिक भएको छ ।

विज्ञापन २

यस्तै, कालिका नगरपालिकामा गत आ.व. २०७९/८० मा रु. १ करोड ७७ लाख १ हजार बेरुजु रहेको छ भने अघिल्लो आ.व. सहित कूल ४ करोड ३३ लाख ४४ हजार रुपैंया बेरुजु अद्यावधिक भएको छ ।

विज्ञापन ३

यसैगरी, खैरहनी नगरपालिकामा गत आ.व. २०७९/८० मा रु. १ करोड ५४ लाख ८१ हजार ३ सय ५२ बेरुजु रहेको छ भने अघिल्लो आ.व. सहित कूल ११ करोड ८४ लाख ९२ हजार ५ सय १७ रुपैंया बेरुजु अद्यावधिक भएको छ ।

यता, रत्ननगर नगरपालिकाको गत आ.व. २०७९/८० रु. २ करोड २ लाख ७१ हजार रुपैंया बेरुजु रहेको र अघिल्लो आ.व. सहित १७ करोड ५८ लाख २६ हजार रुपैंया बेरुजु अद्यावधिक भएको छ ।

त्यस्तै, राप्ती नगरपालिकामा गत आ.व.मा रु. ३ करोड ७४ लाख ३९ हजार बेरुजु रही हालसम्म १९ करोड २९ लाख ९४ हजार रुपैंया बेरुजु अद्यावधिक भएको छ ।

चितवनको एकमात्र महानगरपालिका रहेको भरतपुरमा भने गत आ.व.मा रु. ५ लाख २० हजार मात्रै बेरुजु कायम भएको छ । यद्यपि महालेखापरीक्षकको अन्तिम प्रतिवेदनमा सो महानगरका धेरैजसो कारोबारमा सैद्धान्तिक बेरुजु रहेको भने उल्लेख रहेको छ । गत आ.व. सहित भरतपुर महानगरको हालसम्मको बेरुजु ९३ करोड ५० लाख २९ हजार रुपैंया अद्यावधिक भएको छ ।

तपाईको प्रतिक्रिया