चितवन खबर पोष्ट

आर्थिक बर्ष २०७९/८० मा देशैभरका महानगरपालिकाहरुमध्ये भरतपुर महानगरको बेरुजु रकम सबैभन्दा न्यून

३० जेष्ठ, माडी चितवन । आर्थिक बर्ष २०७९/८० मा देशैभरका महानगरपालिकाहरुमध्ये भरतपुर महानगरको बेरुजु रकम सबैभन्दा न्यून देखिएको छ ।

महालेखापरीक्षकको कार्यालयले जारी गरेको अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार (देशका अन्य पालिकाभन्दा भौतिक पूर्वाधारमा अग्रणी देखिएको) भरतपुर महानगरपालिकाको बेरुजु ५ लाख २० हजार रुपैंया मात्रै रहेको छ, जुन समग्र लेखापरीक्षण रकमको ०.०८ प्रतिशत मात्रै हुन आउँछ ।

उता, बीरगञ्ज महानगरपालिकाको ५७ करोड ९४ लाख ८२ हजार (लेखापरीक्षण रकमको ७.९४ प्रतिशत) र पोखरा महानगरपालिकाको ७९ करोड २३ लाख ७५ हजार (ले.प. रकमको ५.०० प्रतिशत) रुपैंया बेरुजु रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख रहेको छ ।

यसबाहेक बिराटनगर महानगरको ७ करोड ११ लाख ५३ हजार (ले.प. रकमको ३.५८ प्रतिशत), ललितपुर महानगरको ४ करोड ५१ लाख ७ हजार (ले.प. रकमको २.२२ प्रतिशत) र काठमाडौं महानगरपालिकाको रु. २५ करोड ७० लाख ३४ हजार (लेखापरीक्षण रकमको १.४५ प्रतिशत) रुपैंया बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ । यो गत आर्थिक बर्षको मात्रै बेरुजु रकम हो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार