

माडी, चितवन । राष्ट्रिय कृषक समुह महासङ्घको आयोजनामा सञ्चालन भएको जलबायु कृषक पाठशाला सम्बन्धी ३ दिने तालिम सम्पन्न भएको छ ।

यु.एस.ए.आइ.डी.को सहयोगमा सञ्चालित जल जंगल परियोजना अन्तरगत असार २५ गते मङ्गलबार देखि सञ्चालन भएको साे कार्यक्रम २७ बिहीबार सम्पन्न भएको हो ।

वडा नं १ देखि ५ सम्मका स्वयमसेवक कृषकहरूको लागि सन्चालन भएको तालिममा महासंघकाे दुरदृष्टि र उद्देश्यहरू, जलबायुमैत्री कृषक पाठशालाका सिद्धान्तहरु, कृषिमा जलवायु परिवर्तन अनुकूलनका प्रविधि र पद्वतिहरु , सहजकर्ताको भूमिका, जलबायुमैत्री नमूना गाउँका निर्माण छनौटका मापदण्ड लगायतका विषयमा जानकारी गराइएको परियोजना अधिकृत देवी थापामगरले जनाउनुभयो ।

राष्ट्रिय कृषक समुह महासङ्घ नेपालका महासचिव महानन्द सापकोटाकाे अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रका फोकल पर्सन वेद लामिछाने, परियोजना अधिकृत देवी थापामगर र प्राविधिक अधिकृत शोभा पासवानले प्रशिक्षण दिनुभएको थियो ।