श्रावण १०, चितवन । सर्पदंशका कारण माडीको बाँदरझुला (हनुमानझुला)मा एक बालिकाको मृत्यु भएको छ ।
विज्ञापन १
माडी न.पा.-९ हनुमानझुलाको प्लट नं. १ (हाल कृषि कामका लागि ठोरी गाउँपालिका-१, घोलगाउँ) निवासी बिजय लामा थिंगका ७ बर्षीया छोरी एलिसा थिंगको सर्पदंशका कारण मृत्यु भएको हो ।
विज्ञापन २
बिहीबार (आज) बिहान करीब ४ बजे सर्पले टोकेकोमा एम्बुलेन्समार्फत बीरगंजतर्फ लैजाने क्रममा बाटोमै बालिकाको आफन्त मदन मोक्तानले जानकारी दिनुभयो । एकाबिहानै सर्पदंशका कारण बालिकाको मृत्यु भएसंगै हनुमानझुला क्षेत्र यतिखेर शोकमा परेको छ ।
विज्ञापन ३