वन-वातावरण पोष्ट

माडी नगरपालिका वडा नं ५, ब्रह्मपुरीस्थित एक घरबाट दुर्लभ अजिंगरको उद्धार

श्रावण १०, चितवन । माडी नगरपालिका वडा नं ५, ब्रह्मपुरीस्थित एक घरबाट दुर्लभ अजिंगरलाई उद्धार गरिएको छ ।

बिहीबार ब्रह्मपूरी गाउँ निवासी रतन गहतराजकाे घरमा सुत्ने कोठामा पसेको अजिंगरलाई सोमेश्वर सामुदायिक वनको टोलीले उद्धार गरेको हो । घरको कोठामा जाने क्रममा गहतराजले अजिंगर देखेपछि सामुदायिक वनका प्रतिनिधिलाइ खबर गर्नुभएको थियो ।

उद्धार गरिएको अजिंगरलाई चितवन राष्ट्रिय निकुञ्जमा लगेर छाडिएको सामुदायिक वन समूहले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासमा यसरी दुर्लभ वन्यजन्तु बाहिर निस्किने गर्छन् । सामुदायिक वन तथा निकुञ्जले उद्धार गरी पुनः पुरानै वासस्थानमा फर्काउने गर्दछन ।

तपाईको प्रतिक्रिया

ताजा समाचार