मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

कृषि र कृषक पोष्ट

माडी नगरपालिकाले कृषि शाखाबाट अनुदान पाएका लाभग्राहीहरुको नामावली सार्वजनिक

  • A
  • A+
  • A++

चितवन । माडी नगरपालिकाले गत आर्थिक बर्ष २०८०/८१ मा कृषि शाखाबाट अनुदान पाएका लाभग्राहीहरुको नामावली सार्वजनिक गरेको छ ।

विज्ञापन १

नगरले सार्वजनिक गरेको सार्वजनिक सुचना अनुसार नगरबाट विभिन्न शीर्षकमा कृषक एवं कृषि समूह, सहकारी तथा फर्महरुको अधिकतम् २० लाख रुपैंयादेखि न्यूनतम् ५ हजार ५ सय ५९ रुपैंयासम्म भुक्तानी पाएका छन् ।

विज्ञापन २

नगरबाट सर्बाधिक अनुदान पाउनेमा डा. भानिश्वर पोख्रेल र संदिप राज पंगाली शर्मा आवद्ध माडी प्राङ्गारिक कृषि फर्म तथा अनुसन्धान केन्द्र (प्रा.) लि., माडी-४, खैरहनी रहेको छ, जसले दुईवटा कार्यक्रम (फलफूल खेती र प्रविधिमा आधारित सिकाई केन्द्र)का लागि करीब ३० लाख रुपैंया अनुदान पाएको छ ।

विज्ञापन ३

त्यस्तै, सुर्यमुखी महिला कृषक समूहमा आवद्ध कृषक ईन्द्रादेवी शर्मा पौडेलले माडी-२, नयाँपर्सामा बिउबिजन भण्डारण गृह निर्माणका लागि २० लाख रुपैंया भुक्तान पाउनुभएको छ भने स्यालो डीप बोरिङका लागि सोमेश्वर रेशम कृषक समूह (भानुभक्त आचार्य), माडी-६ ले समान २० लाख रुपैंया भुक्तानी लिनुभएको छ ।

दश लाख रुपैंयाभन्दा बढी अनुदान पाएका अन्यमा समता कृषक समूह, माडी-४ खैरहनी र सोमेश्वर मौरीपालन कृषक समूह, माडी-१ लक्ष्मुनियाँ रहेका छन् । समता कृषक समूह (भागिरथी सापकोटा)ले डिप बोरिङ र पाइपलाइनका लागि १५ लाख तथा सोमेश्वर मौरीपालन कृषक समूह (विकास ढकाल)ले मौरी श्रोतकेन्द्र स्थापना तथा मौरी पकेट विकास कार्यक्रम गरी दुई शीर्षकमा १४ लाख ५७ हजार रुपैंया अनुदान पाएको सुचना मा उल्लेख रहेको छ ।

तपाईको प्रतिक्रिया