

१२ श्रावण, चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), माडी नगर समितिको पूर्ण बैठकले पार्टीका जनवर्गिय संगठनहरुको ईञ्चार्जको जिम्मेवारी तोकेको छ ।

शनिवार माडी क्याम्पसको सभाहलमा सम्पन्न माडी नगर समिति र त्यसमाथिका नेताहरुको बैठकले पार्टीको २ महिने कार्ययोजना सञ्चालनको लागि जनवर्गिय ईञ्चार्जहरु तोकिएको पार्टीका माडी नगर अध्यक्ष प्रभु प्रसाद महतोले जानकारी दिनुभयो ।

बैठकले वाई.सि.एल. ईञ्चार्जमा माधव पौडेल, विद्यार्थी संगठन ईञ्जार्जमा सन्तोष पनेरु, दलित संगठन ईञ्जार्जमा ऋषिराम काफ्ले, आदिवासी जनजाति संगठन ईञ्जार्जमा प्रभु प्रसाद महतो, किसान संगठन ईञ्जार्जमा नेत्रनाथ आले र बुद्धिजीवि संगठन ईञ्जार्जमा गिरीधारी सुवेदीलाई जिम्मेवारी दिएको हो ।

त्यसैगरी पार्टीको महिला संगठनमा सुमित्रा के.सी, साबित्री पाण्डे र शुभद्रा शर्मालाई सामुहिक रुपमा ईञ्चार्जको जिम्मेवारी रहेको छ भने उद्योग व्यापार संगठनमा निलकण्ठ काफ्ले र पिताम्बर बराललाई संयुक्त जिम्मेवारी दिइएको छ ।
यसबाहेक, रिटर्नी सेन्टर ईञ्चार्जमा नेत्र काफ्ले, भू.पू. सैनिक संगठन ईञ्चार्जमा कृष्ण रानाभाट, जनस्वास्थ्य संगठन ईञ्चार्जमा रामबन्धु पोख्रेल र शिक्षक संगठन ईञ्चार्जमा भरत तिमिल्सिनालाई जिम्मेवारी दिइएको नगर अध्यक्ष महतोले जनाउनुभयो ।
बैठकले बासु सापकोटाको अध्यक्षतामा ११ सदस्यीय बिपद् व्यवस्थापन विभाग गठन गरेको छ भने मजदुर र सुकुम्बासी सम्बन्धी जनवर्गिय संगठनको ईञ्चार्जको जिम्मेवारी नगर कार्यालयले नै बहन गर्नेसमेत निणर्य गरेको सो पार्टीले जनाएको छ ।