१२ श्रावण, चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), माडी नगर समितिको पूर्ण बैठकले वडा ईञ्चार्जहरुको जिम्मेवारी तोकेको छ ।
शनिवार माडी क्याम्पसको सभाहलमा सम्पन्न माडी नगर समिति र त्यसमाथिका नेताहरुको बैठकले पार्टीको २ महिने कार्ययोजना सञ्चालनको लागि वडा समिति ईञ्चार्जहरुको जिम्मेवारी तोकेको हो ।
बैठकले माडी १ को ईञ्चार्जमा भरत तिमिल्सिना, माडी २ को ईञ्चार्जमा नारायणदत्त (बासु) सापकोटा, माडी ३ को ईञ्चार्जमा ऋषिराम काफ्ले, माडी ४ को ईञ्चार्जमा प्रभुप्रसाद महतो, माडी ५ को ईञ्चार्जमा रामबन्धु पोखरेल र माडी ६ को ईञ्चार्जमा सन्तोष पनेरुलाई जिम्मेवारी दिएको छ ।
त्यस्तै, बैठकले माडी ७ को ईञ्चार्जमा गिरीधारी सुवेदी र माडी ८ को ईञ्चार्जमा नेत्र काफ्लेलाई जिम्मेवारी दिएको छ भने माडी ९ को ईञ्चार्जको जिम्मेवारी नगर कार्यालयले नै बहन गर्ने निर्णय गरेको सो पार्टीका नगर अध्यक्ष प्रभुप्रसाद महतोले जनाउनुभयो ।