१२ श्रावण, चितवन । माडी नगरप्रमुख ताराकुमारी काजी महतोले अयोध्याधामले माडीलाई मात्रै नभई समग्र देशलाई नै चिनाउन सक्ने भएपनि हाल ओझेल परेको बताउनुभएको छ ।
विज्ञापन १
शनिवार अयोध्याधाममा अवलोकन एवं पूजाका लागि भारतीय योगीहरु र पीठाधीश सहित माडी आउनुभएका वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई स्वागत गर्दै माडी नगरप्रमुख महतोले सो कुरा बताउनुभएको हो ।
विज्ञापन २
माडीका आदिवासी थारु समुदाय रामका भक्त रहेको, यहाँका गोद्धक र बाल्मीकि आश्रममा सदियौंदेखि रामको पूजा हुनेगरेको र अन्य कयौं आधारहरु रहेकाले यो रामजन्मस्थल हुनसक्ने उहाँको भनाई थियो ।
विज्ञापन ३
प्रधानमन्त्री ओलीले माडीको व्यापक अध्ययन पश्चात माडीलाई रामजन्मस्थानका रुपमा बोल्नुभएपछि माडी नगरपालिका समेतको ध्यानाकर्षण भई हाल यसबारे अनुसन्धान र प्रचारप्रसार समेत गरिरहेको उहाँले बताउनुभयो ।