मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

चितवन खबर पोष्ट

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले साउन १५ गते विश्वासको मत लिनुहुने

  • A
  • A+
  • A++

१३ श्रावण, चितवन । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाले साउन १५ गते विश्वासको मत लिनुहुने भएको छ ।

विज्ञापन १

एमाले-कांग्रेस गठबन्धनबाट सरकारको नेतृत्व गर्नुभएका मुख्यमन्त्री लामाले आउँदो साउन १५ गते दिउँसो ३ बजे आह्वान भएको प्रदेशसभाको बैठकमा विश्वासको मत लिनुहुने भएको हो ।

विज्ञापन २

लामा नेतृत्वको १३ सदस्यीय मन्त्रीमण्डलमा १४ जना मन्त्री नियुक्त भएका छन् । प्रदेशमा काँग्रेसबाट हरिप्रभा खड्गी (श्रेष्ठ), सुरज चन्द्र लामिछाने, मीनकृष्ण महर्जन, विमल ठकुरी, कुन्दनराज काफ्ले, श्यामबहादुर खड्का र मदुकुमार श्रेष्ठ मन्त्री बन्नुभएको छ ।

विज्ञापन ३

त्यस्तै, एमालेबाट प्रकाश श्रेष्ठ, किरण थापा मगर, कृष्णप्रसाद सिलवाल, अमनकुमार मास्के, शुकमाया तामाङ र प्रेमभक्त महर्जनले मन्त्रीका रुपमा कार्यभार सुरु गरिसक्नुभएको छ । मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रदेशसभा बैठकको स्वदेश एफ.एम.ले प्रत्यक्ष प्रशारण गर्नेछ ।

तपाईको प्रतिक्रिया