मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

चितवन खबर पोष्ट

त्रिशुली नदीमा हराएको भारतीय गोताखोर टोलीको म्याग्नेट र ट्युब दुई दिनपछि भेटियो

  • A
  • A+
  • A++

१४ श्रावण, चितवन । त्रिशुली नदीमा हराइरहेका दुईवटा बसको खोजी गर्दा बगाएको भारतीय गोताखोर टोलीको चुम्बक र ट्युब दुई दिनपछि भेटिएको छ ।

विज्ञापन १

भारतीय टोलीको हराईरहेको १९ केजीको चुम्बक (म्याग्नेट) र लाइफ ब्वाई ट्युव काभ्रेघाटमा एक मोटरबोट चालकले फेला पारेका हुन् । भेटिएको चुम्बक ट्युब सहितको सामग्री भारत पठाइने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जनाउनुभयो ।

विज्ञापन २

भारतीय टोली र सशस्त्र प्रहरीको संयुक्त टोलीले घटनास्थल सिमताल क्षेत्रमा खोजी गर्ने क्रममा शनिबार दिउँसो चुम्बक र लाइफ ब्वाई ट्युव त्रिशुली नदीले बगाएको थियो । चुम्बकको प्रयोग गरेर खोजी गर्दा पनि बस फेला नपरेपछि भारतीय विज्ञसहितको प्राविधिक टोली स्वदेश फर्किसकेको छ ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया