१५ श्रावण, चितवन । प्रदेश युवा परिषद् बागमतीका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले ‘स्वदेशमै काम गरेका युवाहरुको विवाह गर्ने अवस्था नरहेको’ टिप्पणी गर्नुभएको छ ।
प्रदेश युवा परिषद् चितवनद्वारा माडी र जगतपुरमा सञ्चालित निःशुल्क सीपमूलक तालिमका सहभागीहरुको दीक्षान्त समारोहमा बोल्दै कार्यकारी उपाध्यक्ष चौलागाईंले ‘हाल स्वदेशमै काम गरे परिवार र समाजले राम्रो मान्ने अवस्था नरहेको’ औंल्याउनुभएको हो ।
‘सीप सिकेर स्वदेशमै आयमूलक काम गरेकोलाई सम्मान गर्ने अवस्था ल्याउन युवाहरुनै लागी पर्नुपर्ने’ बताउँदै उहाँले हाल ‘स्वदेशमै सीपमूलक कामबाट राम्रो आयआर्जन गर्न सकिने अवस्था रहेको’ जिकिर गर्नुभयो ।
‘अहिले नेपालमै बसेर विदेशका लागि काम गर्न सकिने अवस्था रहेको तथा यहीँबाटै विदेशी विश्वविद्यालयमा पढ्न सकिने’ बताउँदै उहाँले ‘युवाहरुलाई स्वदेशमै राख्ने अवस्था बनाउन प्रदेश युवा परिषद् र तीनवटै तहका सरकार सक्रिय रहेको’ पनि बताउनुभयो ।