चितवन । जीवनपुरदेखि बगहीँसम्म सडक कालोपत्रे गर्ने ठेक्का पाएको बज्रगुरु कन्स्ट्रक्सनले आउँदो भदौ १ गतेबाट कालोपत्रेको काम सुरु गर्ने जनाएको छ ।
माडी ८ र ९ का वडाध्यक्ष क्रमशः वीरेन्द्र बहादुर भण्डारी र घनश्याम दवाडीसहित समृद्धिका लागि युवा अभियानका अभियन्ता र स्थानीय राजनैतिक तथा सामाजिक अगुवाहरुले कन्स्ट्रक्सन कम्पनीद्वारा स्थापित अस्थायी क्रसर प्लाण्टमै पुगी ठेकदार कम्पनीका प्रतिनिधि तुलसी घिमिरेसंग कुराकानी गरेको थियो ।
सो कुराकानीका क्रममा घिमिरेले भदौबाटै काम सुरु गर्ने तयारी गरेको बताउनुभएको हो । हाल कन्स्ट्रक्सनका १५ जना कर्मचारी र केहि मजदुरहरुले काम गरिरहेको जानकारी दिँदै उहाँले कालोपत्रेका लागि आवश्यक बेस र गिट्टी कुट्न क्रसर समेत चलिरहेको बताउनुभयो ।
घाँघर खोलामा हालैको बाढीले केहि तयारी गिट्टी बगाइदिएको पनि उहाँले बताउनुभयो । घिमिरेसंग भेट्नुअघि जनप्रतिनिधि र अभियन्ताहरुले असोज ५ गतेको समयसीमा रहने निणर्य गरी सो अवधीसम्म काम सुरु नगरे नैतिक दबाबमूलक प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेका थिए ।