१६ श्रावण, चितवन । माडी-६, लक्ष्मीनिवासमा एक घरमा चोरी भएको छ । त्रिपुरेश्वर शिवालय मन्दिर तथा मातातीर्थ धाम व्यवस्थापन समितिका अध्यक्ष एवं धाैलागिरी माइक्रो मिनरल्स भरतपुरबा सञ्चालक कुलप्रसाद (किशन) आचार्यको घरमा चोरी भएको हो ।
विज्ञापन १
परिवार सदस्य कोहि नभएको अवस्थामा गएराती बर्षा भइरहँदा चोरले घरको ढोकाको चुकुल र दराज फुटाई करीब ५ लाख रुपैंया बराबर सुनचाँदीका गहना एवं नगद पैसा चोरी गरेको परिवारले जनाएको छ ।
विज्ञापन २
मन्दिरका अध्यक्ष किशुन आचार्य कामविशेषले भारतमा रहनुभएको र परिवार सदस्यहरू उपचारका लागि भरतपुरमा रहेको अवस्थामा माडी लक्ष्मीनिवासस्थित आचार्य निवासबाट सो चोरी भएको हो । चोरीको सो घटनाबारे माडी प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।
विज्ञापन ३