१८ श्रावण, चितवन । नेकपा एमाले चितवन जिल्ला ईञ्चार्जमा देवीप्रसाद ज्ञवाली चयन हुनुभएको छ ।
एमाले केन्द्रीय सचिवालय बैठकले देशैभरका नेताहरुको कार्यविभाजन गर्ने क्रममा चितवन जिल्ला ईञ्चार्जमा ज्ञवालीलाई जिम्मेवारी दिएको हो । भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष रहिसक्नुभएका ज्ञवाली एमालेको चितवन महाधिवेशनबाट सर्बाधिक मतसहित निर्वाचित केन्द्रीय सदस्य समेत हुनुहुन्छ ।
त्यस्तै, एमाले सचिवालय बैठकले पार्टीको चितवन निर्वाचन क्षेत्र नं.१ को ईन्चार्जमा प्रभा बराल र निर्वाचन क्षेत्र नं. २ को ईन्चार्जमा कृष्णभक्त पोखरेललाई चयन गरेको छ भने माडी क्षेत्र समेट्ने निर्वाचन क्षेत्र-३ को ईन्चार्जमा यमबहादुर परियार (इन्द्रजित)लाई जिम्मेवारी दिएको छ ।
बैठकले पार्टीको खेलकुद फाँटको ईन्चार्जको जिम्मेवारी चितवनका नेता जगन्नाथ थपलियालाई र चितवन निर्वाचन क्षेत्र-२(२) को ईन्चार्ज एवम् स्कुल विभाग सदस्यमा कपिलदेव पोखरेललाई जिम्मेवारी दिएको एमाले चितवन जिल्ला सदस्य श्रीप्रसाद दवाडीले जनाउनुभयो ।