१८ श्रावण, चितवन । सामुहिक बलात्कारको अभियोगमा माडीबाट पक्राउ परेका ३ जना विद्यार्थीहरुको म्याद थप भई अनुुसन्धान अगाडि बढेको छ ।
विज्ञापन १
ईलाका प्रहरी कार्यालयले पक्राउ गरेका उनीहरु जिल्ला प्रहरी कार्यालय चलान भएकोमा उनीहरु विरुद्ध मुद्दा दर्ता भएर म्याद थप भई थप अनुसन्धान थालिएको चितवन प्रहरीले जनाएको छ ।
विज्ञापन २
पक्राउ परेका विद्यार्थीहरु चितवन बाहिरका जिल्लाबाट माडीको एक प्राविधिक शिक्षालयमा पढ्न आएका तथा घटना हुँदा १७, १८ र २१ वर्ष उमेरका छन् । उनीहरुले मानसिक समस्या भएकी २७ बर्षीया एक महिलालाई डेरा लिएर बसेको घरको कोठामा ल्याएर सामुहिक बलात्कार गरेको आरोप छ ।
विज्ञापन ३