१८ श्रावण, चितवन । गैंडाकोटस्थित मौलाकालिका केबलकारको निर्माणाधीन भवनको चार तलाबाट लडेर एक मजदुरको मृत्यु भएको छ ।
विज्ञापन १
पूर्वी नवलपरासी (नवलपुर)को गैँडाकाट नगरपालिका– १, मौलाकालिका मन्दिरमा रहेको मौलाकाली केबलकारको निर्माणाधीन भवनको चाैथो तलाबाट खसेर मजदुर गोरख राउत कुर्मी पटेलको मृत्यु भएको हो ।
विज्ञापन २
मौलाकालिका केबलकार प्रा.लि.को टप स्टेसनमा रहेको निर्माणाधीन भवनमा मजदुरका रूपमा कार्यरत कुर्मीको शव भरतपुर अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
विज्ञापन ३