आइतबार, मङि्सर २३, २०८१
आइतबार, मङि्सर २३, २०८१

शिक्षा खबर पोष्ट

माडी माध्यमिक विद्यालयले कक्षा १२ को परीक्षामा उत्साहजनक ९१.३० प्रतिशत नतीजा हासिल

  • A
  • A+
  • A++

चितवन । माडीकै अग्रणी एवं जेठो शैक्षिक संस्था रहेको माडी माध्यमिक विद्यालयले कक्षा १२ को परीक्षामा उत्साहजनक नतीजा हासिल गरेको छ ।

विज्ञापन १

दश जोड दुई तहमा बिज्ञान संकाय र प्राविधिक धारतर्फ पशुविज्ञान सञ्चालनमा रहेको एकमात्र शैक्षिक संस्था रहेको सो विद्यालयबाट कक्षा १२ को परीक्षामा २३ जना सहभागी रहेकामध्ये २१ जना उत्तीर्ण भएका छन्, जुन ९१.३० प्रतिशत हुन आउँछ ।

विज्ञापन २

कक्षा १२ को परीक्षामा बिज्ञान संकायतर्फ ३.३२ जि.पि.ए. सहित विपिन पोख्रेल र पशुविज्ञानतर्फ समान ३.१८ जि.पि.ए.सहित आकृति महतो र हिसिना गिरीले प्रथम स्थान हासिल गर्नुभएको छ ।

विज्ञापन ३

यसअघि, सोही विद्यालयबाटै ३.९६ जि.पि.ए. सहित अर्पण ओझाले माडी नगरस्तरमा प्रथम स्थान हासिल गर्नुभएको थियो । विभिन्न कठिनाई र असहजताबिच माडी क्षेत्रमा बिज्ञान संकाय सञ्चालन गरेको सो विद्यालयको नतीजामा क्रमिक सुधार हुनु प्रशंसनीय देखिन्छ ।

तपाईको प्रतिक्रिया