आइतबार, पुष २८, २०८१
आइतबार, पुष २८, २०८१

चितवन खबर पोष्ट

नारायणी नदी किनारमा मर्निङ वाक गरिरहेका एक बृद्ध बाघको आक्रमणबाट घाइते

  • A
  • A+
  • A++

चितवन । बाघको आक्रमणबाट भरतपुरमा एकजना घाइते भएका छन् । आइतबार (आज) बिहान अन्दाजी ०५:२० बजेको समयमा भरतपुर महानगरपालिका-१, नारायणी नदीको किनारमा जंगली जनावर बाघको आक्रमणबाट भरतपुर २ बेलटाडी वस्ने वर्ष ६०का पशुपति श्रेष्ठ घाइते हुनुभएको हो ।

विज्ञापन १

बिहान मर्निङ वाक हिडिरहेको अवस्थामा बाघले एक्कासी आक्रमण गर्दा घाइते हुनुभएका उहाँलाइ उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाएको र मुख तथा हातमा मध्यमस्तरको चोट लागेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आक्रमण गर्ने जंगली बाघको खोजी तथा नियन्त्रणका लागि जिल्ला वन कार्यालय भरतपुरबाट कर्मचारी खटिसकेको जनाइएको छ ।

विज्ञापन २

विज्ञापन ३

तपाईको प्रतिक्रिया