चितवन । माडी-४, सितलपुरबाट घोसरी जाने बाटो अन्तरगत घोसरी खोलामा बाटो बिग्रँदा सवारी आवतजावत प्रभावित बनेको छ ।
खोलामा आएको बाढीका कारण ह्युम पाईप फिलिङ गरेको ग्राभेल बगेको हो । ग्राभेल बगाएसंगै एकता स्तम्भको बाटोबाट मोटरसाइकल वा स्कुटरदेखि अटो र अन्य सबैखाले सानाठूला सवारी साधन एवम् एम्बुलेन्स घोसरी गाउँ र सो पारीका अन्य बस्तीमा पुग्न सकेका छैनन् ।
बाटो बिग्रिएको महिनादिन बितिसकेको एक स्थानीयले बताए । अटो र अन्य सवारी नचल्दा आफूहरु खोला पारी जान घुमाउरो बाटोभएर जानुपर्ने अवस्था रहेको भन्दै छिटोभन्दा छिटो पुल निर्माण अगाडि बढाउन र तत्काल का लागि मर्मत गरिदिन स्थानीयले वडा कार्यालय एवम् नगर कार्यपालिकासमक्ष माग गरेका छन् ।