चितवन । माडीको बसन्तपुरस्थित बघौंडा अस्पताल अगाडि हालै निर्माण सम्पन्न भएको सार्वजनिक शौचालय माडी नगर कार्यपालिकालाई हस्तान्तरण भएको छ ।
विज्ञापन १
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भरतपुरले आर्थिक बर्ष २०८०/८१ मा २३ लाख ४४ हजार रुपैंयाको लागतमा सो शौचालय निर्माण गरेको हो । महिला, पुरुष र अपांगमैत्री गरी ३ कम्पार्टमेण्टमा निर्माण भएको सो शौचालयमा शौचालय हेरालुका लागि एकवटा सटरकोठा समेत रहेको छ ।
विज्ञापन 2
आयोजना प्रमुख सुन्दर सुवेदीले आइतबार एक कार्यक्रमबिच माडी ३ का वडाध्यक्ष पुरन महतोमार्फत माडी नगर कार्यपालिकालाई शौचालयको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो । त्यस क्रममा आयोजनाका तर्फबाट बाल्टी, मग, ट्वाइलेट ब्रस, हर्पिक, डस्टबिन, साबुन, ह्यान्डवास लगायतका सामग्रीहरु समेत प्राप्त गरिएको वडाध्यक्ष महतोले जानकारी दिनुभयो ।