मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

देश-प्रदेश खबर पोष्ट

एअर डाइनेस्टीको हेलिकप्टर नुवाकोटमा दुर्घटना हुँदा चालक सहित पाँचजनाको मृत्यु

  • A
  • A+
  • A++

२३ श्रावण, चितवन । काठमाडौंबाट रसुवाको स्याफ्रुबेँसीका लागि उडेको एअर डाइनेस्टीको हेलिकप्टर नुवाकोटमा दुर्घटना हुँदा चालक (पाइलट)सहित पाँचजनाको मृत्यु भएको छ ।

विज्ञापन १

काठमाडौंबाट दिउँसो १ः५४ बजे उडेर करीब ३ मिनेटमै सम्पर्कविहीन हुनपुगेको एअर डाइनेस्टीको नाइन एन एजेडी हेलिकप्टर नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित गुर्जेमा बुधबार दिउँसो दुर्घटनामा परेको हो ।

विज्ञापन २

दुर्घटनामा परी चालक (पाइलट) क्याप्टेन अरुण मल्ल र हेलिकप्टरमा सवार चारैजना चिनियाँ पर्यटकको मृत्यु भएको छ । नेपाली आकासमा हवाई दुर्घटनाको अत्यासलाग्दो क्रमकै निरन्तरमा बुधबार सो हेलिकप्टर दुर्घटनामा परेको हो । यसको दुई साताअघि काठमाडौंमा सौर्य एअरको जहाज दुर्घटना हुँदा ठूलो हताहती भएको थियो ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया