चितवन । माडीका कलाकर्मी, रंगकर्मी र गीतसंगितकर्मीहरुले कलाकार प्रेम बिष्टको अध्यक्षतामा माडी कला तथा साँस्कृतिक मञ्च गठन गरेका छन् ।
मञ्चको उपाध्यक्षमा मुना बराल, सचिवमा प्रदीप सापकोटा, सहसचिवमा कृष्ण ढुंगाना र कोषाध्यक्षमा सुर्यनाथ अधिकारी रहनुभएको रहनुभएको छ भने सदस्य पदमा सुलभ बन्धु पोख्रेल र अञ्जु मोक्तान रहनुभएको छ ।
त्यस्तै, मञ्चको सल्लाहकारहरुमा श्रीप्रसाद दवाडी, उद्धव थापा, लोकबहादुर क्षेत्री, महेन्द्र पराजुली र चुडामणि पाण्डे रहनुभएको छ । माडीका अन्य सबै विधाका कलाकारहरूलाई सदस्यता खुला गरी संस्थामा जोडिने र स्थानीय सरकार एवं अन्य सरोकारवालाहरूसंग निकट समन्वयमा काम गरिने अध्यक्ष बिष्टले बताउनुभयो ।
माडी क्षेत्रमा गीतसंगित, नाटक, चित्रकला, मुर्तीकला र कलाकारिताक अन्य क्षेत्रहरुको विकास एवं कलाकर्मीहरुको व्यवसायिकता प्रवर्द्धनका लागि छाता संस्थाका रुपमा सो ‘माडी कला तथा साँस्कृतिक मञ्च’को गठन गरिएको कोषाध्यक्ष अधिकारीले बताउनुभयो ।