

माडी, चितवन । माडी-४, खैरहनीस्थित खैरहनी माध्यमिक विद्यालयमा सञ्चालित नृत्य प्रतियोगितामा विद्यालयकी छात्रा सनिसा थारु प्रथम हुनुभएको छ ।

अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसर पारी रोटरी क्लब अफ नारायणगढको व्यवस्थापनमा सञ्चालित सो नृत्य प्रतियोगितामा छात्रा मानसी महतो, स्मृति महतो र अविसा महतोको टोली द्वितिय, उषा भुजेल, लक्ष्मी पराजुली, विनु सुनार, सरस्वती सुनार र दीपिका क्षेत्रीको टीम तृतीय र संगिता महतो, आरोही महतो र विद्या महतोको टोलीले चाैथो (सान्त्वना) हुनुभएको हो ।

कार्यक्रमका सन्दर्भमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरू जातीय पहिचान झल्कने पोशाकमा सहभागी रहेका थिए । बिद्यालयका सहायक प्रध्यानाध्यापक सन्तोष दाहालकाे अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन शिक्षक माधव बस्नेतले गर्नुभएको थियो ।
