आफू सदैव माडी लगायत समग्र चितवनको विकासमा समर्पित रहेको सांसद बिक्रम पाण्डेको भनाई

17
SwadeshPost

माडी, चितवन । चितवन क्षेत्र नं. ३ का सांसद एवं पूर्वमन्त्री बिक्रम पाण्डेले आफू सदैव माडी लगायत समग्र चितवनको विकासमा समर्पित भई लागिपरेको बताउनुभएको छ ।

माडी नगरप्रमुख ताराकुमारी काजी महतो नेतृत्वको प्रतिनिधि मण्डलसंगको भेटका क्रममा राप्रपा उपाध्यक्ष समेत रहनुभएका सांसद पाण्डेले माडी र चितवनको विकासमा थप समर्पित भई लाग्ने बताउनुभयो ।

नगरप्रमुख महतोसहित एमाले चितवन जिल्ला सदस्य श्रीप्रसाद दवाडी, माडी नगर अध्यक्ष नारायण अधिकारी र उपाध्यक्ष रामेश्वर चौधरी लगायत सम्मिलित टोलीले राजधानी काठमाडौंमा भेटवार्ता गर्ने क्रममा सांसद पाण्डेसंग भेट गरेको हो ।

त्यस क्रममा माडीका निर्माणाधीन सडक योजना, सघन सहरी योजना, ठेक्का लगाएर पनि निर्माण कार्य हुन नसकेका सडक तथा पुलहरु, निर्माणाधीन झोलुंगे पुल, अयोध्याधाम, गोद्धकधाम, बाल्मीकि आश्रम लगायतका धार्मिक मठ मन्दिर, निकुञ्जभित्रको बाटो निर्माण लगायतका विषयमा छलफल भएको सांसद पाण्डेको सचिवालयले जनाएको छ ।

SwadeshPost