‘भ्रष्टाचार नियन्त्रण र छानबिनको महाअभियान चलाऔं’ : कांग्रेस के.स. दिनेश कोइराला

31
SwadeshPost

माडी, चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं चितवनका नेता दिनेश कोइरालाले केन्द्रीय समितिले भ्रष्टाचार नियन्त्रण र छानबिनको महाअभियानको घोषणा गर्नुपर्ने प्रस्ताव राख्नुभएको छ ।

शुक्रबार बसेको तेस्रो दिनको केन्द्रीय समितिको बैठकमा धारणा राख्दै कोइरालाले सुशासनका निम्ति भ्रष्टाचारको छानबिन गरी सम्बन्धित निकायलाई कारबाहीको सिफारिस गर्न उच्चस्तरीय आयोगको आवश्यकता रहेको औंल्याउनुभयो ।

भ्रष्टाचार नियन्त्रणको काम नगरी संविधान संशोधनको प्रयास गरिए त्यसले अपेक्षित जनसमर्थन हासिल गर्न नसक्ने उहाँको जिकिर थियो । हाल बनेको काँग्रेस-एमाले गठबन्धनबारे जनतालाई बुझाउनुपर्ने पनि उहाँको भनाई थियो ।

गत निर्वाचनमा गठबन्धनविरुद्ध कँंग्रेसबाट बागी उम्मेदवारी दिएर कारबाहीमा परेकाहरूको कारबाही फुकुवा गर्न पनि उहाँले पार्टी नेतृत्वको ध्यानाकर्षण गराउनुभयो ।

SwadeshPost