मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

माडी (स्थानीय) खबर पोष्ट

माडी नगरप्रमुख महतो नेतृत्वको प्रतिनिधि मण्डलले भौतिक पूर्वाधार मन्त्री दाहाल र सचिव शर्मासंग भेट

  • A
  • A+
  • A++

चितवन । माडी नगरप्रमुख ताराकाजी महतो नेतृत्वको प्रतिनिधिमण्डलले संघीय भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल र सचिव केशव कुमार शर्मासंग भेट गरेको छ ।

विज्ञापन १

शुक्रबार सिंहदरबारमा मन्त्री दाहाल र सचिव शर्मासंग भेट गरी प्रतिनिधिमण्डलले निकुञ्जभित्र सडक निर्माण सम्बन्धमा क्याबिनेटमा पुगेको फाइल फिर्ता भएकोबारे मन्त्रालयको ध्यानाकर्षण गराएको हो ।

विज्ञापन २

त्यसक्रममा भैतिक पूर्वाधार सचिव शर्माले हुलाकी बाटोको निर्माण नयाँ एलाइङ्गमेन्ट (रुट)बाट गर्ने प्रस्ताव भएकाले थप अध्ययन गर्नुपर्ने मनसायसहित फाइल फिर्ता भएको बुझिएको जनाउनुभयो । आफू चितवनबासी नै रहेकाले सो फाइललाई प्राथमिकता दिँदै एक सातापछि पुनः क्याबिनेटमा पठाउने सचिव शर्माको आश्वासन थियो ।

विज्ञापन ३

भेट सम्वादका क्रममा नगरप्रमुख महतोले निकुञ्जभित्र रीउदेखि ध्रुबपोष्टसम्म हाल कायम बाटो नै कायम रहने भएकाले त्यसलाई छुट्टै प्याकेज बनाई अगाडि बढाउन अनुरोध गर्नुभयो । त्यस्तै हनुमानझुलाबाट बगहीँ तथा निकुञ्जभित्र ध्रुबपोष्ट हुँदै राप्तीमा पुल निर्माण गरी जगतपुर निक्लने प्रस्तावित नयाँ एलाइङ्गमेन्टलाई मात्रै थप अध्ययनमा राख्दा सहज हुने उहाँको पैरवी थियो ।

अब, माडी नगर उपप्रमुख खेमप्रसाद महतो स्वदेश फिर्ता भएसंगै प्रधानमन्त्री, भौतिक पूर्वाधार मन्त्री, वन मन्त्री र अन्य अधिकारीहरुसंग संयुक्त भेटका लागि माडीको सर्बदलिय टोली काठमाडौं जाने नगरप्रमुख महतोले बताउनुभयो । काठमाडौंको भेटसम्वाद पश्चात टोली शुक्रबार राती माडी फर्किसकेको छ ।

तपाईको प्रतिक्रिया