

चितवन । भरतपुरमा सम्पन्न ‘नारायणी नमुना कप जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिता २०८१’मा माडीबाट सहभागी दिवाकर स्मृति विद्यालय र माडी माध्यमिक विद्यालय क्रमशः दोश्रो र तेश्रो भएका छन् ।

शनिवार सम्पन्न फाइनलमा दिवाकर स्मृति माध्यमिक विद्यालय र इन्टरनेशनल अंग्रेजी मोडल सेकेण्डरी स्कुल, खैरहनी-६, चितवन भिँडेका थिए । सो स्पर्धामा २-१ को सेटमा इन्टरनेशनल विजयी हुँदै प्रथम भएको हो ।

त्यस्तै, शनिवार बिहान नै तेश्रो स्थानका लागि माडी माध्यमिक विद्यालय र दुर्गा शेषकान्त स्कुल भिँडेकोमा २-१ को सेटमा विजयी हुँदै माडी माध्यमिक विद्यालय तेश्रो भएको खेल संयोजक शिक्षक जि.बि. नेपालीले जानकारी दिनुभयो ।

नारायणी नमुना मा.वि., भरतपुर चितवनद्वारा आयोजित सो स्पर्धाको प्रथम, दोश्रो र तेश्रो स्थान हासिल गरेका क्रमशः इन्टरनेशनल, दिवाकर र माडी मा.वि.ले ट्रफी र मेडलसहित क्रमशः रु.२० हजार, १५ हजार र १० हजार पुरस्कार जितेको छन् ।