मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

माडी (स्थानीय) खबर पोष्ट

राप्रपा माडीको नगर प्रवक्ताको जिम्मेवारी संजय काजीलाई, नगर उपाध्यक्षमा जनक महतो मनोनित

  • A
  • A+
  • A++

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीले माडीको नगर प्रवक्ताको जिम्मेवारी संजय काजीलाई दिएको छ ।

विज्ञापन १

केन्द्रीय कार्यालयले तोके अनुसार राप्रपा माडी नगर समितिको बैठकले नगर प्रवक्ता पदमा पार्टीका युवा अगुवा काजीलाई जिम्मेवारी दिने निर्णय गरेको नगर अध्यक्ष वीरेन्द्र भण्डारीले जनाउनुभयो ।

विज्ञापन २

त्यस्तै, नगर उपाध्यक्ष पदमा जनक महतोलाई मनोनयन गरिएको सो पार्टीले जनाएको छ । उहाँ राष्ट्रिय नागरिक पार्टी परित्याग गरी हालै राप्रपा प्रवेश गर्नुभएको थियो ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया