चितवन । प्रतिबन्धित लागुपदार्थ गाँजा एवं लागुऔषध ट्रामाडोल र फेनार्गन सहित माडीबाट २ युवाहरु पक्राउ परेका छन् ।
विज्ञापन १
आइतबार बिहान बसन्तपुर बजारबाट प्रतिबन्धित लागुपदार्थ गाँजा ३५० ग्रामका साथै प्रतिबन्धित लागुऔषध ट्रामाडोल ३९ पत्ता (३९० ट्याबलेट) र नियन्त्रित औषधी फेनार्गन ३९ पत्ता (३९० ट्याबलेट) सहित माडी प्रहरीले दुई युवाहरु पक्राउ गरेको हो ।
विज्ञापन 2
पक्राउ परेकाहरुमा माडी – ५ बस्ने बर्ष २७ का अशोक क्षेत्री र माडी – ४ बस्ते बर्ष २३ का राजन बि.क. रहेको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख केदारमान दोङले जानकारी दिनुभयो । बिहान १०ः४५ बजे पक्राउ परेका उनीद्वयलाई (यो समाचार तयार पार्दासम्म) जिल्ला प्रहरी कार्यालय भरतपुर चलानको तयारी भइरहेको प्रहरी निरीक्षक दोङले जनाउनुभयो ।