चितवन । माडीको गौरीनगर टोलमा करेन्ट लागी एक पुरुषको मृत्यु भएको छ । आफ्नै कुखुराको खोरमा काम गर्ने क्रममा करेन्ट लाग्दा माडी नगरपालिका-७, गौरीनगर निवासी बर्ष ३२ का नवराज राई गम्भीर घाइते हुनुभएको थियो ।
विज्ञापन १
गम्भीर घाइते अवस्थामा बघौंडा अस्पताल, बसन्तपुरमा ल्याइएकोमा उपचारका क्रममा चिकित्सकहरुले दिउँसो करीब २ः४५ बजे मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख केदारमान दोङले जानकारी दिनुभयो ।
विज्ञापन 2
करीब एक महिना अघिमात्रै वैदेशिक रोजगारीबाट स्वदेश फर्किनुभएका राईले कुखुरा पालनका लागि बनाएको नयाँ खोरमा तार जोड्ने क्रममा असावधानीबस करेन्ट लाग्न पुगेको थियो । उहाँको परिवारमा श्रीमती र एक सन्तान रहेको स्थानीयले बताएका छन् ।