चितवन । माडी क्याम्पसले कक्षा १२ को ग्रेडवृद्धि परीक्षा दिने विद्यार्थीहरुका लागि निःशुल्क कोचिङ कक्षा सञ्चालन सुरु गरेको छ ।
विज्ञापन १
व्यवस्थापन र शिक्षाशास्त्र समूहका सबै विषयहरुमा बेलुका ४ देखि ६ बजेको समयमा निःशुल्क कोचिङ कक्षा सञ्चालन सुरु भएको क्याम्पस प्रमुख रामकृष्ण क्षेत्रीले जानकारी दिनुभयो ।
विज्ञापन 2
गएसाँझदेखि सुरु भएको सो दैनिक कोचिङमा कक्षा १२ को ग्रेडवृद्धिमा सहभागी हुने माडीका सबै (उच्च माध्यमिक तहका) विद्यार्थीहरु सहभागी हुन पाउने क्याम्पसले जनाएको छ ।
माडी नगरका उच्च माध्यमिक तह सञ्चालित शैक्षिक संस्थाहरुबाट कक्षा-१२ को परीक्षामा सहभागी ४१२ जना परीक्षार्थीहरु मध्ये १६६ जना मात्रै पास भएका थिए ।