चितवन । काठमाडाैंमा हालै सम्पन्न ‘काभा महिला नेशन्स लीग भलिबल’मा उपविजेता बनेका महिला खेलाडीहरुमध्ये चितवनबाट सहभागी दुईजना खेलाडीहरुलाई माडीमा सम्मान गरिएको छ ।
शुक्रबार माडी आउनुभएका चितवन जिल्ला निवासी महिला खेलाडीद्वय आरती सुवेदी र संगम महतोलाई माडी नगर कार्यपालिका कार्यालय, स्टार स्पोर्टस् युवा क्लब, माडी-१ वडा कार्यालय, सोमेश्वर माध्यमिक विद्यालय र ब्रह्मपुरी भलिबल क्लब लगायतका संस्थाहरूले सम्मान गरेको हो ।
माडी नगरप्रमुख ताराकुमारी काजी महतो एवं ब्रह्मपुरी भलिबल क्लबले नगरप्रमुख महतोको कार्यालयमा तथा स्टार स्पोर्टस् क्लब, माडी-१ वडा कार्यालय र सोमेश्वर मा.वि.ले विद्यालयको सभाहलमा सो सम्मान गरेको हो । गतसाता काठमाण्डौंमा सम्पन्न काभा महिला नेशन्स लीग भलिबल प्रतियोगितामा नेपाली महिला खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बनेका थिए ।