चितवन । माडी-५, ब्रह्मपुरी निवासी ब्लड क्यान्सर पीडित नैना भट्टराईको उपचार सहयोगार्थ आर्थिक सहयोग संकलन सुरु भएको छ ।
करीब एक महिनाअघि ब्लड क्यान्सर पहिचान भई हाल भारतको दिल्लीस्थित राजीव गान्धी हस्पिटलमा उपचार भइरहेकोमा ठूलो धनराशी लाग्ने भएसंगै नपुग उपचार खर्चका निम्ति परिवारको अनुरोधमा स्वदेश तथा प्रवासमा आर्थिक संकलन अभियान चलेको हो ।
यस क्रममा हालसम्म छविलाल सुवेदीबाट ५१ हजार, लेखनाथ भट्टराईबाट २५ हजार, दाताराम भट्टराईबाट १२ हजार, गंगाधर भट्टराई १२ हजार, लिलाधर भट्टराई १२ हजार र आशिष पौडेलबाट १२ हजार रुपैंया संकलित रहेको अभियानले जनाएको छ ।
त्यस्तै, रोजगारीको सिलसिलामा बेल्जियम रहनुभएका बिष्णु पौडेलबाट १० हजार तथा पूणर्प्रसाद सुवेदीबाट १० हजार, रामनन्द सुवेदीबाट १० हजार, हरिकला भट्टराई ६ हजार, डण्डपाणी भट्टराईबाट ५ हजार १, रत्न भट्टराईबाट ५ हजार, र तीर्थ भट्टराईबाट ५ हजार रुपैंया उपचार सहयोग संकलित छ ।
यसबाहेक यसोदा पौडेलबाट ३ हजार ३ सय ३३, रञ्जिता भट्टराईबाट ३ हजार र लक्ष्मी न्यौपानेबाट ३ हजार र निशा पौडेलबाट १ हजार ५५ रुपैंया गरी कूल १,८०,३८८ रुपैंया सहयोग संकलन भएको अभियन्ता रीता भट्टराईले जानकारी दिनुभयो ।
यसबाहेक संस्थागत रुपमा सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले रु.५ हजार सहयोग गरेको छ भने नेपालबाहिर कतारमा सन्दिप भट्टराई, पदमलाल भट्टराई र मोहनलाल भुसालले सहयोग अभियान सञ्चालन गर्नुभएको छ । त्यसैगरी चितवन सेवा समाज बहराईनका अध्यक्ष प्रकाश लामिछानेले समेत नैना भट्टराई बचाउ अभियान सञ्चालन गर्नुभएको अवस्था छ ।