मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

चितवन खबर पोष्ट

मासिक कार्यसम्पादन मुल्यांकनका आधारमा नेपाल जेसीजद्वारा माडी जेसीज सम्मानित

  • A
  • A+
  • A++

चितवन । नेपाल जेसिजको मासिक कार्यसम्पादन मुल्यांकनका आधारमा सतप्रतिशत कार्यसम्पन्न गर्दै माडी जेसीजले 100% Efficiency Program प्राप्त गरेको छ ।

विज्ञापन १

माडीका सक्रिय युवाहरुको सो संस्थालाई नेपाल जेसीजले गत (जुलाई, २०२४) महिनाको कार्यसम्पादन मुल्याङ्कनका आधारमा सो कदर गरेको हो । सो कदर पाएसंगै माडी जेसीजका अध्यक्ष जेसी सन्तोष भट्टराईले संस्थाप्रतिको साथ, सहयोग र समर्थनका लागि धन्यवाद व्यक्त गर्नुभएको छ ।

विज्ञापन २

यसैबिच, माडी जेसीजले युवाहरुमा उद्यमशीलता विकासका लागि माडीको बसन्तपुरमा एक कार्यशालाको आयोजना गरेको छ । बिटफ्लक्स टेक्नोलोजिज्, माडी क्याम्पस र आकार एकेडेमीको सहकार्यमा माडी जेसीजले आउँदो भदौ ५ गते बुधबार माडी क्याम्पसमा सो प्रेरणादायी कार्यक्रमको आयोजना गरेको माडी जेसीजका महासचिव जेसी ईश्वर रानाभाटले बताउनुभयो ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया