सोमबार, मङि्सर २४, २०८१
सोमबार, मङि्सर २४, २०८१

कृषि र कृषक पोष्ट

माडीको कान्तिपुरस्थित ‘ड्रागन फ्रुट’को व्यवसायिक खेतीले मनग्य आम्दानीसंगै चर्चा कमाउँदै

  • A
  • A+
  • A++

चितवन । माडीको कान्तिपुर गाउँमा राजाराम/डेमा तिमिल्सिना दम्पत्तीले सुरुवात गरेको ‘ड्रागन फ्रुट’को व्यवसायिक खेतीले मनग्य आम्दानीसंगै चर्चा कमाउन थालेको छ ।

विज्ञापन १

करीब ५ बर्षअघि चक्लाबन्दीमा आधारित सामुहिक खेती परियोजना अन्तरगत परीक्षणका रुपमा तिमिल्सिना दम्पत्तीले आफ्नो घरसंगै ‘ड्रागन फ्रुट’ खेती सुरु गरेको थियो ।

विज्ञापन २

उत्पादन सुरु भएसंगै माडीसहित भरतपुर र काठमाडौंसम्म उच्च मागसहित ‘ड्रागन फ्रुट’ बिक्री हुन थालेसंगै तिमिल्सिना दम्पत्तीले स-परिवार ’एग्री नेपाल ड्रागन फ्रुट फर्म तथा रिसर्च सेन्टर’को नाउँबाट व्यवसायिक फर्म स्थापना गरी हाल खेतीको क्षेत्रफल समेत बिस्तार गरेको छ ।

विज्ञापन ३

औषधीय गुण हुने यो फलको खेतीका लागि माडीको हावापानी अति उत्तम रहेको तथा अन्य क्षेत्रको भन्दा माडीको ड्रागन फ्रुट राम्रो र स्वादिलो मानिएकोले माग बढेको कृषक राजाराम तिमिल्सिनाले जानकारी दिनुभयो ।

यतिखेर राताम्मे भएर फलेको सो फ्रुटबारी हेर्न टाढा-टाढाका मानिस आउने गरेका छन् । उनीहरुले ड्रागन फ्रुट किन्नुका साथै ड्रागन फ्रुटको बिरुवा समेत किनेर लैजाने गरेका छन् ।

तपाईको प्रतिक्रिया