माडी (स्थानीय) खबर पोष्ट

माडी क्याम्पसमा ८ बर्षअघि सञ्चालित महायज्ञमा बोलचन्दा गरेपनि सयौं दाताको भुक्तानी बाँकी

चितवन । माडी क्याम्पसले ८ बर्षअघि सञ्चालन गरेको श्रीमद्भागवत् महायज्ञमा नगद तथा भूमिदानको घोषणा गरेका तर भुक्तान बाँकी रहेका दाताहरु अझैपनि सयौंको संख्यामा रहेका छन् ।

सामाजिक, राजनैतिक एवं व्यवसायिक क्षेत्रमा अग्रस्थानमा रहेका तर क्याम्पसलाई नगद भुक्तान तथा जग्गाको नामसारी दिन बाँकी रहेका दाताहरुको नाम सार्वजनिक गर्नेगरी दबाबमूलक कार्यक्रम हुनुपर्ने माग उठ्ने गरेको पनि छ ।

माडी क्याम्पसको प्रशासन र व्यवस्थापन समितिले यसका लागि पहल लिइरहेको र समय समयमा बोलचन्दा दाताहरुसंग भेटघाट गर्ने गरेका पनि छन् । तर यो कार्य प्रभावकारी नभएको र अझै कयौंबाट भुक्तान लिन बाँकी रहेको भन्दै समृद्धिका लागि युवा अभियानले दबाब दिने भएको छ ।

आइतबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै अभियानले आर्थिक समस्याबाट गुज्रिरहेको सो क्याम्पसलाई बचाउन दबाबस्वरुप भुक्तान बाँकी रहेका दाताहरुको नाम सार्वजनि गर्न माग गरेको हो ।

स्वदेशले प्राप्त गरेको सो सुचिमा क्याम्पसकै व्यवस्थापन समिति अध्यक्ष र बहालवाला पदाधिकारीहरुसहित पूर्व सांसद, सांसद, व्यवसायी, शिक्षक, राजनैतिक नेताहरु र सामाजिक अगुवाहरु बहुसंख्यक रहेका छन् ।

तपाईको प्रतिक्रिया

ताजा समाचार