चितवन । दक्षिण कोरिया अध्ययन गर्न जाने विद्यार्थीलाई लक्षित गर्दै शैक्षिक परामर्श संस्था गोल्डेन इमिनेन्ट इन्टरनेशनल प्राईभेट लिमिटेडले ४ दिने शैक्षिक मेला गर्ने भएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित चितवन मेडिकल कलेज अगाडि प्रधान कार्यालय रहेको भवन परिसरमा यही भदौ ४ गतेदेखि ७ गते बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म शैक्षिक मेला गर्न लागेको हो कम्पनीले एक पत्रकार सम्मेलनमा जनाएको हो । पत्रकार सम्मेलनमा संस्थाका प्रबन्ध निर्देशक प्रकाश रिजालले विद्यार्थीले युनिभर्सिटीका प्रतिनिधिसंँग प्रत्यक्ष परामर्श लिउन भन्ने उद्धेश्यका साथ शैक्षिक मेला आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।
‘हामीले विद्यार्थी तथा अभिभावकलाई एउटै छानामुनि युनिभर्सिटीकै प्रतिनिधिसंँग परामर्श लिएर थप जानकारी पाउन भन्ने हेतुले पनि शैक्षिक मेलाको आयोजना गरेका हौं’ प्रबन्ध निर्देशक रिजालले बताउनुभयो । रिजालका अनुसार मेलामा विद्यार्थीले दक्षिण कोरियाका विभिन्न युनिभर्सिटी, अध्ययन गर्न लाग्ने शुल्क, त्यहांँका भाषा, संस्कृति, कानुनका बारेमा जानकारी लिन सक्नेछन ।
मेलामा सहभागी विद्यार्थीहरुको लागि रजिष्ट्रेशन, सेवा शुल्क, कोरियन भाषा कक्षा तथा आइइएलटीएसका कक्षाहरु निःशुल्क प्रदान गरिने प्रबन्ध निर्देशक रिजालले बताउनुभयो । नेपालमै स्नातक अध्ययन गर्ने शुल्कमा दक्षिण विद्यार्थीले दक्षिण कोरियामा अध्ययन अवसर पाइने पनि उहाँले बताउनुभयो ।