चितवन । रीउ नदीको बाढीले बगाउँदा माडीको कुसुमखोलामा एकजनाको मृत्यु भएको छ । सोमबार दिउँसो परेको बर्षासंगै आएको बाढीले बगाउँदा माडी नगरपालिका-९, कुसुमखोला निवासी अन्दाजी बर्ष ५८ बर्षका काजीमान चेपाङको मृत्यु भएको हो ।
बगहीँबाट कुसुमखोलातर्फ (घर) फर्किने क्रममा खोला तर्न रिउ नदीमा हेलिएका उनलाई दिउँसो करीब २ बजेतिर बाढीले बगाएको थियो । कुसुमखोलाबाट बाढीले बगाई बेपत्ता भएका उनको शव दिउँसो ४:४५ बजे बगहीँ पुलभन्दा करीब ५०० मिटर तल (तल्लो तटीय क्षेत्रमा) भेटिएको वडाध्यक्ष घनश्याम दवाडीले जानकारी दिनुभयो ।