आइतबार, मङि्सर २३, २०८१
आइतबार, मङि्सर २३, २०८१

चितवन खबर पोष्ट

अस्ताए कुसुमखोला प्रतिरोध संघर्षका पर्याय काजीमान चेपाङ, रीउ नदीको बाढीमा परी देहावसान

  • A
  • A+
  • A++

चितवन । निकुञ्ज प्रशासनले बारम्बार बस्ती हटाउन बल प्रयोग गर्दासमेत कुसुमखोला नछाडेका काजीमान चेपाङको अन्ततः बाढीका कारण दुःखद् मृत्यु भएको छ ।

विज्ञापन १

कुसुमखोला बस्ती जोगाउने संघर्षको पर्याय बनेका ५८ बर्षका चेपाङलाई सोमबार दिउँसो रीउ नदीको बाढीले बगाएको हो । कुसुमखोलाबाट बगाएका उनको शव बगहीँ बसपार्कभन्दा करीब ५०० मिटर टाढा (तल) भेटिएको थियो ।

विज्ञापन २

निकुञ्ज प्रशासनले एकपटक कुसुमखोला बस्तीमा आगजनी गर्नुका साथै हात्ती र सेनाको प्रयोगबाट पटक पटक हटाउने प्रयास गरेको थियो । सो बल प्रयोगलाई सहँदै कुसुमखोलामै स-परिवार दुखजिलो जीवन बाँच्दै आएको चेपाङलाई रीउ नदीले कहिल्यै नउठ्ने गरी ढलाएको हो । उनी कुसुमखोला प्रतिरोध संघर्षका पर्यायका रूपमा परिचित थिए र रहनेछन् ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया