माडी (स्थानीय) खबर पोष्ट

माडी नगरपालिका-९, प्याउलीमा आफ्नै घरमा झुण्डिएर एक किशोरीले गरिन् स्वदेहत्याग

चितवन । माडी नगरपालिका-९, प्याउलीमा आफ्नै घरमा झुण्डिएर एक किशोरीले स्वदेहत्याग (आत्महत्या) गरेकी छिन् । प्याउली निवासी सोमबहादुर प्रजाका छोरी, बर्ष १५ की पुष्पा प्रजाले आफ्नै घरमा भित्रबाट ढोका लगाइ दलिनमा झुण्डिएर स्वदेहत्याग गरेकी हुन् ।

गाउँमा कान्छीमाया प्रजाको नामले बोलाइने पुष्पा बिरामी भई आइतबार बघौंडा अस्पतालमा उपचार गरी घर फर्किएकी थिइन । यो समाचार तयार पार्दासम्म प्रहरीले शवको मुचुल्का उठाई थप अनुसन्धान अगाडि बढाएको जनाइएको छ ।

माडी नगरपालिकाका अन्य वडासंगै मुख्यतः वडा नं. ९ मा आत्महत्याको घटना अत्यधिक हुनेगरेको दुर्भाग्यपूणर् अवस्था छ । आर्थिक बिपन्नता, रोजगारीको कमी, मनोसामाजिक समस्या एवं विभिन्न व्यक्तिगत, पारिवारिक तथा सामाजिक जटिलताहरुका कारण आत्महत्याको घटना हुनेगरेको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार