चितवन । माडीको बाँदरझुला क्षेत्रस्थित अमुवा (आम्मु) खोलाले मोटरसाइकल बगाएको छ । सोमबार दिउँसो अचानक आएको बाढीले माडीबाट ठोरी (पर्सा)तर्फ जाँदै गरेको बागमती प्रदेश ०३-०२ प. ९५८६ नम्बरको मोटरसाइकललाई बगाएको हो ।
बाढीले मोटरसाइकल बगाउने क्रममा त्यसका चालक भरतपुर महानगरपालिका २८ निवासी बर्ष ३७ का पवन चापागाईं बाढीग्रस्त खोलामै रुख बुट्यान समाती बग्नबाट बँचेका छन् । बाढीले मोटरसाइकल बगाएको खबर पाएसंगै नजिकै रहेको नयाँ सबुज गण बाँदरझुलाबाट नेपाली सेनाको जम्दारको कमाण्डमा १० जनाको टोली खटिएर बुट्यान समाती बाढीमा अडिएका चालकलाई सकुशल उद्धार गरेका थिए ।