मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

देश-प्रदेश खबर पोष्ट

डा. महावीर पुनले २०० दिनको यात्राबाट आत्मकथाको पुस्तक बिक्री गरी १० करोड रुपैंया संकलित

  • A
  • A+
  • A++

चितवन । कृषि औजार कारखाना चलाउने आर्थिक श्रोत जुटाउने अभियानमा आत्मकथाको पुस्तक विक्री अभियान चलाउनुभएका बैज्ञानिक डा. महावीर पुनले १० करोड रुपैयाँ संकलन गर्ने सफलता पाउनुभएको छ ।

विज्ञापन १

पुनले २०० दिनको दैरानमा १० हजार ८ सय ४० किलोमिटर यात्रा गर्दै १ लाख २५ हजार बढी प्रति पुस्तक बिक्री गरी करीब १० करोड रुपैंया संकलन गर्नुभएको हो । सोमबार हेटौंडास्थित नारायणी यातायात ब्यवसायी संघको कार्यालयमा बोल्दै डा. पुनले सो जानकारी दिनुभएको हो ।

विज्ञापन २

यसबिच उहाँलाई माडीसहित देशैभरका सर्वसाधारण, संघसंस्था र स्थानीय सरकारले उत्साहकासाथ पुस्तक खरिद गरी डा. पुनलाई सहयोग गरेका छन् । राज्यले खासै सहयोग नगरेको भन्दै डा. पुनले आफ्नै जीवनीलाई पुस्तकमा उतारेर बिक्री अभियान चलाउनुभएको हो ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया