चितवन खबर पोष्ट

पूर्वी चितवनमा हातखुट्टा धुनेक्रममा बुङखोलाले बगाउँदा ६ बर्षका एक बालकको मृत्यु

चितवन । पूर्वी चितवनमा खोलाले बगाएर एक बालककाे मृत्यु भएको छ ।

मंगलबार दिउँसो करीब १ः५५ बजेकाे समयमा पूर्वी चितवनको कालिका न.पा. ७ स्याउली बजारस्थित बुङखोलाले सोही वडानिवासी उत्तम अर्यालका ६ बर्षका छोरा हरिराम अर्याललाई बगाएको थियो ।

हातखुट्टा धुनेक्रममा खोलाले बगाएका बालक मृत अवस्थामा करीब ४ कि.मि. टाढा, कालिका न.पा. ६ मुलिजुली चोकको कुलोमा फेला परेको चितवन प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार